दफा १६
सामान्य सिद्धान्त निर्धारण गर्न सक्ने
(१) आयोगले सैनिक सेवा, सशस्त्र प्रहरी सेवा वा प्रहरी सेवा वा अन्य सरकारी सेवाको पदमा नियुक्ति वा बढुवा गर्दा वा कुनै सार्वजनिक संस्थाको सेवाका पदमा नियुक्ति, बढुवा र कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त निर्धारण गर्न सक्नेछ ।
(२) आयोगले सार्वजनिक संस्थाको हकमा उपदफा (१) बमोजिम सामान्य सिद्धान्त निर्धारण गर्दा समान वा पृथक्–पृथक्रुपमा लागू हुने गरी निर्धारण गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम आयोगले निर्धारण गरेको सिद्धान्त प्रकाशन गर्नु पर्नेछ ।